सैन्य परेडको भव्य तयारी, थिआनमेन वरपर मनमोहक फूलबारी (फोटो फिचर)

सैन्य परेडको भव्य तयारी, थिआनमेन वरपर मनमोहक फूलबारी (फोटो फिचर)

चीनले राजधानी बेइजिङको थियानआनमेन स्क्वायरमा आयोजना गर्ने भव्य सैन्य परेडको तयारी पूरा भएको जनाएको छ । आगामी बुधबार बिहान हुन लागेको जापानी अतिक्रमणविरुद्धको युद्ध र विश्व फासिवादविरुद्धको युद्ध विजयका अवसरमा ८०औँ वार्षिकोत्सव धुमधामका साथ मनाउन लागिएको हो ।

त्यसका लागि थिआनमेन वरपर एक सयभन्दा बढी किसिमका बोटबिरुवा र फूलको प्रयोग गरेर १० किसिमका आकर्षक फूलबारी बनाइएको छ । ‘इतिहास सम्झने, सहिदको सम्मान गर्ने, शान्ति चाहने र उज्जवल भविष्य सिर्जना गर्ने’ मूल नाराका साथ ती अस्थायी उद्यान बनाइएका हुन् ।

परेडपछि पनि यी फूलबारी झण्डै दुई महिना यथावत राखिने जनाइएको छ । आगामी अक्टोबर १ तारिखका दिन मनाइने चीनको राष्ट्रिय दिवससम्म जतनसाथ राखिने छ ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू