व्यक्ति एक, भेटघाट अनेक (फोटो फिचर)
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तोपत्र हस्तान्तरण गर्न आएका भारतीय विदेश सचिव विक्रम मिश्री आज दिनभर भेटघाटमा व्यस्त भएका छन् । बिहान साढे ११ बजे सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेपछि उनी राष्ट्रपति रामचन्द्र पौडेल, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न क्रमशः शीतल निवास, बूढानीलकण्ठ र खुलटार पुगेका हुन् ।

यसबीचमा परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र परराष्ट्र सचिव अमृतबहादुर राइसँग पनि शिष्टाचार भेट गरेका छन् । तर, प्रधानमन्त्रीसँग शिष्टाचार भेटका लागि सिंहदरबार पुगेका बेलामा उपरखुट्टी लगाएको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीखो आलोचना र टिकाटिप्पणी शुरु भएको छ ।
अन्यत्रको भेटघाटमा उनले उपरखुट्टी नलगाउनु र प्रधानमन्त्रीसँगको भेटमा मात्रै त्यस्तो गर्नुलाई राजनीतिक तथा सामाजिक वृत्तमा अर्थपूर्ण ठानिएको हो ।


टिप्पणीहरू