नेपालको उत्तरी र दक्षिणी नीतिको परीक्षण
विश्वकै ठूलामध्येको एक इ–कमर्स बिजनेस अलिबाबा ग्रुपका संस्थापक ज्याक माले हालै आफूले गरेको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतसँग पनि भेट्ने इच्छा राखेको केही समाचार अनलाइन न्युजपोर्टलमा आए पनि सो काम हुन सकेन । समाचारमा जनाइएअनुसार दुवैलाई सो भेट नदिन कतैबाट सङ्केत आएको थियो । ज्याक केही समयअघि चीनमा नै सार्वजनिक नभएको समाचार पनि फैलिएकै होे । चीन सरकार र ज्याकबीचको सम्बन्धबारे हामीलाई केही थाहा छैन । एक अर्बपतिसँग भे…