नोट अफ डिसेन्ट

हैसियत हेरौं साठी ननाघेका युवाहरु !

यसरी नै अघि बढिरहने हो पहिलो पुस्ताको ज्येष्ठ नेतृत्व ? प्रचण्ड, ओली, माधव, झलनाथ, बाबुराम कमरेडहरूले पार्टीको नेतृत्व गरेको लगभग ४० वर्ष हुन लागेको छ । सीमित व्यक्ति आलोपालो गरेर यसरी ४०–४० वर्षसम्म नेतृत्वमा बसिरहँदा कस्तो नयाँ विचार आयो होला, कसरी पार्टी चलेको होला, कसरी नयाँ नेतृत्व स्थापित हुन असम्भव भयो होला ? सहजै बुझ्न सकिन्छ । यसरी नै पहिलो पुस्ताको पछि लागिरहने हो हाम्रा साठी ननाघेका (युवा ?) नेताहरू पनि ? तपाईंहरूमा देशको नेतृत्व गर्ने ल्याकत नभएकै हो…

Page 3 of 12