लौ न त गरौं जनमतको सम्मान
– लेखनाथ भण्डारी
कहिले जुध्नुहुन्छ हजुर,कहिले जुधाउनुहुन्छ
आँखा छोपेर दुनियाँलाई भीरमा कुदाउनुहुन्छ
नसुन्ने, नदेख्नेले पनि थाहा पाइसके हजुर अब
समयको एक–एक हिसाब कहिले बुझाउनु हुन्छ ?
– ऋषि बस्ताकोटी, गजल संग्र्रह/ विसङ्गत बस्ती
नेपालमा राजनीतिक जीवनको चरित्र अहिले यही ’फुटाऊ र शासन गर’ प्रवृति र प्रश्नको वरिपरि रुमल्लिएको छ । राजनीति एउटा यस्तो निशस्त्र अस्त्र हो, जसले सामाजिक जीवनका सारा अवयवहरूलाई अल्मल्याउन …