भ्रष्ट हाकिम बन्ने कि प्रष्ट कारिन्दा ?
हाकिम भनेपछि भुँडीवाल, बंगुरजस्तै मोटो, चिल्लो पिरो नै हुनुपर्छ भन्नु सामन्ती चिन्तन नै हो । यस्तो चिन्तनधारीलाई एकपटक आइन्स्टाइनले दिएको जवाफ सुनाउन मन लाग्यो । एउटाले सोधेछ, तपाईं यस्तो लोकप्रिय वैज्ञानिक भएर पनि किन दारी काट्नुहुन्न ? किन कपडामा कहिल्यै इस्तिरी लगाउनुहुन्न ? आइन्स्टाइनलाई जङ चलेछ । जवाफ दिनुभएछ– यो मेरो समस्या होइन, तिम्रो दृष्टिकोणको समस्या हो । प्रश्नकर्ता नाजवाफ भएर फर्केछ ।
सानामा मानिसले भुँडीवाल सुब्बा, राजाको सिन्दूर पहिरिएको खरदार भन…