नेपालबाट एक वर्षमा कति बाहिर हराए ?
– लेखनाथ भण्डारी
अन्धेर नगरी
चौपट राजा
टकासेर भाजी
टकासेर खाजा
नेपालको कूल जनसंख्या पुग नपुग ३ करोड ११ लाख र परिवार संख्या ६२ लाख अनुमान गरिन्छ । जसमध्ये महिलाको संख्या पुरुषको भन्दा २ प्रतिशत बढी छ । कूल जनसंख्यामा १५ वर्षमुनिका २७ र ६० वर्ष माथिको २८ प्रतिशत गरेर ४२ प्रतिशतभन्दा बढी जनसंख्या उत्पादनको दृष्टिले निष्क्रिय मानिने समूहमा छ । चार दशकपहिले ८० प्रतिशत रहेकोमा अहिले कूल जनसंख्याको ३८ प्रतिशत मात्र कृषिमा निर्भर छ । शारीरिक अपांगता भएका वा ६० वर्…