त्यो ऐतिहासिक घर र ऐतिहासिक मेच

त्यो ऐतिहासिक घर र ऐतिहासिक मेच

-जगदीशराज बराल 

“आज वीरान अपना घर देखा, तो कईबार झाँक कर देखा पाँव टूटे हुए नजर आए, एक ठहरा हुआ खण्डर देखा...।”(–दुष्यन्त कुमार, भारत ) । 

२०१५ सालको पूरानो जेठो दाजु बस्ने घर र भतिज प्रेमप्रसादको घरमा बसिसकेपछि तीनटोलीया, वाचनालय मार्गको मुखैमा बनेको हाल घर नम्बर ०१ कायम भएको अर्को घरमा सर्यौं । 

अहिलेसम्म हाम्रो बसोबास त्यही घरमा नै छ । पञ्चायती व्यवस्थाको समय थियो । विराटनगरमा दुःख र संघर्ष साथ निम्न मध्यम वर्गीय किसानले गुजारा चलाइरहेको हाम्रो घरमा नारायणप्रसाद कोइराला, ठाकुरप्रसाद कोइराला, विपिन कोइराला, कृष्णमोहन अधिकारी, शिवहरि–रुद्रहरि ढुङ्गाना पनि आइरहनुहुन्थ्यो । 

पूरानो हवाईफिल्डतिर बिहान घुम्न गएको बेला अनुकुल मिल्दा मनमोहन अधिकारी पनि आउनुहुन्थ्यो । राधाप्रसाद घिमिरे आउनुभएको सम्झना अझैपनि छ । जनकमोहन अधिकारी र विश्वमोहन अधिकारी जतातिर जाँदा पस्ने गर्नुहुन्थ्यो । परिवारहरुको आवतजावत हुनु स्वाभाविक भएपनि हाम्रो घर कसैको बिगार नगर्ने, चाप्लुसी नगर्ने स्पष्ट, सरल, मिलनसार, सम्पर्क र सहयोगी भएकाले पञ्च नेता र जिल्लाका उच्च प्रशासकहरु पनि बुबासँग भेटघाट गर्न आइरहन्थे । 

राजनीतिसम्बद्ध सबैको चासोले विलसित हाम्रो घरको वातावरणले गर्दा राजनीतिक असजिलो हुँदा लुक्ने ठाउँ बनेको थियो । गाउँका जुनसुकै विद्यार्थी वा राजनीतिक दलका नेताहरु हाम्रो घरमा लुक्नु परेमा सुरक्षित महशुस गर्थें । केही दिन अघि अनेरास्ववियू (मूल संस्थापन कसैले अखिल छैंठौं पनि भन्छन् क्यारे) का आठौं सम्मेलनका पूर्वअध्यक्ष तथा त्रिवि अर्थशास्त्रका प्राज्ञ भरत पोखरेलले विराटनगरको हाम्रो घरलाई जे पाकेको छ, त्यही खुवाएर भएपनि राजनीतिज्ञहरुलाई सहयोग गर्ने ‘एतिहासिक घर’ भनेर भन्नुभएको थियो ।  

गोविन्द भनेर चिनिने रमानन्द काका (पुरञ्जन आचार्यका बुबा), बलराम काका (नेपालका प्रथम भन्सार व्यवस्थापनसम्बन्धी आशिकुडा विज्ञश्याम दाहालका बुबा) ध्रुव दाजु (नेपालका लागि नेपाली पार्टीकी नेतृ कविता आचार्यको बुवा), तीन टोलियाका प्रथम डिठ्ठा भवनाथ हजुर बा, रामहरी–कृष्णहरी अधिकारी, शिवहरी–रुद्रहरी ढुङ्गाना (सबै हाम्रा भानिज दाईहरु) नारायण–ठाकुरप्रसादद्वय–हरिबाबु–छविरमण कोइराला, मनमोहन–कृष्णमोहन–जनक मोहन–विश्वमोहन अधिकारी–राप्रपा नेता ध्रुवनारायण र कलाकार पुष्प श्रेष्ठ–चर्तुभूज आशावादी–रमेश बुढाथोकी, दिपक आलोक, नविन श्रेष्ठ, श्याम लामा, तीन टोलीयाका पहिला प्रहरी कर्मचारी नारायणप्रसाद पाण्डे, टिकाप्रसाद चालिसे, टिकाप्रसाद दाहाल, पूर्वाञ्चलका प्रसिद्ध प्राज्ञहरु स्व.गोविन्द उपाध्याय तथा गणेश शर्मा नेपाललगायत कृष्णप्रसाद–मुरारी–फौजदार–प्रेम प्रसाद गिरी, बस्नेत काका (मोरङ्ग समाज काठमाण्डौंका पूर्वअध्यक्ष रमेश बस्नेतका बुबा) आउनुभएको सम्झना छ ।

यसैगरी, नरेश–सागर बराल, रमेश–वाशुदेव दाहाल तथा दाहाल बाहरु (नेताहरु बल्लभ–सुनिल दाहालका बुबा) नेपालका प्रथम धुप कारखानाका संस्थापक कमल पौडेल, तीनटोलियाका प्रथम तथा पूर्वाञ्चलकै धार्मिक अभियन्ता वैष्णव पन्थी चर्चित पौडेल बाआमा (राप्रपा नेता उद्धव पौडेलका बुबाआमा), श्यामाकान्त मल्लिक, गणेश राउत, गिरी काका (उमेश गिरीका बुबा) पृथ्वी मास्के, बलराम कोइराला, बाणीराज पोखरेल, सन्तोष ढुङ्गाना, फणिन्द्र तिम्सिना, खेममणी–कमल काफ्ले, परशुराम–बालनाथ–सूर्य नेपाल, रमेश पौडेल, गिरिराजमणि–प्रदिप–भरत पोखरेल, विश्वनाथ साह, दिपेन्द्र कार्की, अखिलेश दाश, भक्तलाल उपाध्याय, इच्छुक बम देवान–दिनेश श्रेष्ठ, सूर्यबहादुर सेन ओली, लवविक्रम शाह, बाबुराम पौडेलसमेत आउने गर्नुहुन्थ्यो हाम्रो घरमा । 

त्यसैगरी, ध्रुव वाग्ले, गोविन्द आचार्य, हिरा साह, श्री निवास बोहरा–मनिष बोहरा, सुवोध–प्रमोद–वसन्त–हेमन्त–बलराम–नित्यराजद्वय कोइराला, मुरारी सुवेदी–रुक्मिणी नेपाल दाहाल, अभय–नारायण–हेमराज–मुक्ति–किशोर–मुरारी रेग्मी, गोपाल–बासु–केशब प्रसाद ढकाल, शिवप्रसाद गौतम, शम्भु घिमिरे, शिवहरी–पूर्षोत्तम–आमोद–रमेश–सन्तोष–आनन्द आचार्य, सुशिला वस्ती, रामकृष्णराज तिम्सिना, शङ्कर तोदी, विजय अग्रवाल, सरोज श्रेष्ठ, बिदुर श्रेष्ठ, मोहन–सुमन भट्टराई, इन्द्र सापकोटा, ध्रुवलाल दास, प्रा.डा.विपुलेन्द्र चक्रवर्ती, कृष्णभूषण बल, किशोर श्रेष्ठ, माधव आचार्य, लक्ष्मण शास्त्री, नरेन्द्र चापागाइँ, बालकृष्ण पोखरेल, प्रा.भानुभक्त पोखरेल, प्रा.डिल्लीराम तिम्सिना, ईन्दिरा प्रसाई, डा.मेदीनी शर्मा नेपाल, प्रमोद प्रधान, प्रकाश–अग्निप्रसाद रिजाल, डा. खगेन्द्र आचार्य, खगेन्द्र भण्डारी उपाध्याय, मित्रदेव ढुङ्गेल, मोतिराम शर्मा, चिरञ्जीवि–शालिग्राम दाहाल, शिवमगन गुरुङ्ग, रामरिझन यादव, गुरु घिमिरे, विनयचन्द्र अधिकारी, डा.लोकविक्रम तथा जुनु थापा, इन्द्रनारायण मल्लिक, डम्बरबहादुर कार्की, डा.दुर्गा काफ्ले, डा.बाबुराम भट्टराई, विद्या पाण्डे भण्डारी, अशोक कोइराला, केदार कोइराला, अन्नत किशोर मल्लिक, पशुपति चौलागाई, सिताराम–परशुराम तामाङ्ग, डा.सुरेन्द्र केसी, हेमराज–ध्यानबहादुर राई आदिलगायतले पाइला टेकेको घर हो हाम्रो । 

घरमा सोफा थिएन । केही मुढामा बस्नुहुन्थ्यो । सबभन्दा बढी बुबाले वि.सं.२०३२ सालमा सरोचिया बस्ने भारतको मुजफरपुरका रामेश्वर मिस्त्रीद्वारा बनाउनुभएको बाहिर बरण्डामा राख्ने गरेको सालको मेचमा नै बसेर चिया खानपान हुन्थ्यो । कलेजको पोशाकमा शान्ति चौकतिर फर्कंदै हुनुहुन्थ्यो । हरियो हेटौडे चप्पल लाएको प्रष्ट देखिन्थ्यो । बाटोसँग टाँसिएको हाम्रो घर आमाले देखिहाल्नुभयो । ‘म किरण जी (त्यतिबेला एकताको पाँचौ भनिने अनेरास्ववियूको चर्चित नेता) कहाँ पुगेर आएको’ मसँग कुरा हुँदै गर्दा आमाले नानी चिया खाएर जाऊँ भन्नुभएको अझै याद छ । 

त्यही बेञ्चमा बसेर चिया पिएकी हालकी पूर्वमहामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले भेटमा हाम्रो आमालाई सम्झिनुहुन्थ्यो ।  घरमा आउने गरेका सबैले अहिले पनि हाम्रो परिवार, त्यो घर र मेच सम्झिनुहुन्छ । चार वर्षअघि विराटनगर गएको बेलामा साविकको त्यो ऐतिहासिक मेच धमिराले खाइसकेको थियो । बचेको भाग मेच बनाउने कै जेठो छोरा लक्ष्मी शर्माबाट वि.सं. २०७७ मंसिरमा मर्मत गर्न लगायौं । त्यही बेला घर पनि सामान्य मर्मत गरियो । 

वि.सं.२०७९ साउन १५ गते जेठो दाजुको अचानक स्वर्गवास हुँदा २२ दिन विराटनगर बस्नुपर्यो । त्यसक्रममा, “हेर ! तिमीहरुको बुवाले त भूमि प्रशासन चोकमा बुधनगर, भाथिगञ्ज, जोबनीदेखिका जनकुल्ली, ठेला, रिक्सावालाहरुले काम पाएनन् भने चिया, चना,पकौडा मात्र हैन घरमा बोलाएर चिया, गहुँको रोटी, भात जे पाकेको हुन्छ खुवाएर पठाउनुहुन्थ्यो । तिम्रो जेठो दाजु गोविन्दपनि सबैलाई माया गर्ने मान्छे हो” भनेर तराईवासी वृद्धाहरुको कुरा सुन्दा घर अग्लो हैन मन पो अग्लो पार्नुपर्छ भन्ने आत्मबोध भयो ।

टिप्पणीहरू