स्टन्टबाजीको अन्तिम परिणाम– सर्भर डाउन !
स्वर्णिम वाग्लेले कांग्रेस छाडे । त्यो कुनै ठूलो कुरा भएन । प्रमुख प्रश्नचाहिँ उनीजस्ता प्रखर विद्वान् किन र कसरी उनकै शब्दमा त्यस्तो संकीर्ण, गुटे, स्वार्थी, लोभी, नीतिहीन, उद्देश्यहीन र गन्तव्यहीन पार्टीमा बसे भन्ने मात्रै हो ? इतिहास ठूलो र गर्विलो भएको कांग्रेस पार्टीलाई ‘जोइपोइ’ले ‘दाइ–भाउजू’को प्राइभेट कम्पनी बनाएछन् भन्ने कुरा बल्ल उनले चाल पाएछन् । तापनि, त्यस्तो कम्पनीमा वाग्लेजस्ता अर्थशास्त्री कसरी यतिसम्म टिके ? आफ्नै प्रयास, बुद्धि, विवेक, ज्ञान, सी…