दुर्घटना

एस्काभेटर बोकेको टेलर पल्टिंदा एक घाइते

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसबाट एस्काभेटर बोकेर मन्थलीतर्फ आउँदै गरेको १० चक्के टेलर रस्नालुको भिमसेनस्थान मोडमा पल्टिएको छ ।   हिजो दिउँसो प्रदेश नं१–०१०–१००१ क १०६१ नम्बरको १० चक्के टेलर लोबेट चुँडिएर सडकबाट पल्टिएको हो । दुर्घटनामा टेलरका चालक बर्दिया जिल्लाको बाँसगढी नगरपालिका-५ का २९ वर्षीय अरुण कुमार थारु सामान्य घाइते भएको प्रहरीले बताएको छ ।  उनको दाहिने कुहिनामा सामान्य चोट लागेको छ । त्यस्तै, दुवै सवारीमा सामान्य …

Page 80 of 114