नयाँ माननीयको ग्रेडरले ठक्कर दिँदा छात्राको मृत्यु

नयाँ माननीयको ग्रेडरले ठक्कर दिँदा छात्राको मृत्यु

कैलालीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा साइकल चलाएर विद्यालय जाँदै गरेकी छात्राको मृत्यु भएको छ । हसनपुर, पिपलचौतारामा आज बिहान सडक पिच कार्यमा प्रयोग भएको ग्रेडरले ठक्कर दिँदा स्थानीय धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

१५ वर्षीया उनी धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् । ना. १ क ९७५ नम्बरको ग्रेडर कालिका कन्ट्रक्सनको हो । ग्रेडर ब्याक गर्ने क्रममा साइकलयात्री साउदलाई ठक्कर दिएको बताइएको छ । ।  

चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

टिप्पणीहरू