लाइफ ज्याकेट खोलेर पौडी खेलेकी युवती मृत फेला

लाइफ ज्याकेट खोलेर पौडी खेलेकी युवती मृत फेला

पोखराको फेवातालमा बेपत्ता भएकी युवती मृत अवस्थामा फेला परेकी छन् । डुंगामा चढिरहेको अवस्थामा लाइफ ज्याकेट खोलेर पौडी खेलेपछि उनी बेपत्ता भएकी हुन् ।

मृत फेला परेकी युवती रामेछाप घर भएकी २५ वर्षीया अस्मिता खत्री भएको बताइएको छ । गत आइतबार फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी खत्रीलाई गोताखोरको संयुक्त टोलीले खोजी गर्ने क्रममा आज उनको शव फेला पारेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू