स्टार्ट गर्ने क्रममा ब्रेक खुस्केर बस पल्टियो

स्टार्ट गर्ने क्रममा ब्रेक खुस्केर बस पल्टियो

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ५ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । बोल्दे भन्ने ठाँउमा आज बिहान बस पल्टिएको हो । 

रोकेर राखेको बस स्टार्ट गर्ने क्रममा ब्रेक फेल भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । 

ओरालोमा रोकिराखेको बा ४ख ४२९८ नम्बरको बस पल्टिँदा साइडको सिसा फुटेको बताइएको छ । 

बसमा चालक मात्र रहेको र कुनै मानवीय क्षति नभएको कार्यालयले जानकारी गराएको छ ।

टिप्पणीहरू