दुर्घटना

निर्वाचनमा खटिएको सैनिक भ्यान दुर्घटनाग्रस्त

नेपाली सेनाको भ्यान दुर्घटनामा परेको छ । निर्वाचन सुरक्षा टोली लिएर गुडिरहेको उक्त भ्यान दुर्घटनामा परेको हो ।  बाँकेको कोहलपुर नगरपालिका–४ स्थित किरणमालामा सेनाको प्रदेश–३–०१–००२झ ५११२ नम्बरको भ्यान दुर्घटना भएको बताइएको छ । उक्त दुर्घटनामा परी कुनै पनि मानवीय क्षति भने भएको छैन ।  

Page 81 of 114