मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

महोत्तरीमा भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको निधन भएको छ । पिपरा गाउँपालिका ५, चाँदनी चोकमा भएको सवारी दुर्घटनामा ती चालकको मृत्यु भएको बताइन्छ ।

बिहान साढे ११ बजे ज.८ प ५३६५ नम्बरको मोटरसाइकल र मधेश प्रदेश ०२–००६ प २०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो । 

मोटरसाइकल चालक धनुषाको धनौजी गाउँपालिका ४ भडरिया बस्ने २४ वर्षीय पवनकुमार मण्डलको मृत्यु भएको बताइएको छ । गम्भीर घाइते भएका मण्डलको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू