लामो झोलुङ्गे पुलबाट खसेर वृद्धा बितिन्

लामो झोलुङ्गे पुलबाट खसेर वृद्धा बितिन्

कञ्चनपुरको लामो पुलमा लडेर एक महिलाको मृत्यु भएको छ । महेन्द्रनगरको मुख्य बजारबाट दोधराचाँदनी जान बनाइएको झोलुंगे पुलमा लडेर ती वृद्धाको मृत्यु भएको बतााइएको छ ।  पुलको फलामे पट्टामा गोड अड्किएर खसेकी उनको तत्काल ज्यान गएको हो । वृद्धा दोधाराचाँदनी नगरपालिका–७ की ७० वर्षीया अमृता मगर हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो मानिएको उक्त झोलुङ्गे पुल जीर्ण अवस्थामा पुगेकाले जोखिम बढेको प्रहरीले बताएको छ । पुल जीर्ण हुँदा वारपार तथा आवतजावत सकस हुन थालेको छ ।

टिप्पणीहरू