स्वयम्भूमा सडक दुर्घटना, मोटरसाइकल चालक बिते

स्वयम्भूमा सडक दुर्घटना, मोटरसाइकल चालक बिते

आज साँझ स्वयम्भू पछाडिको चक्रपथमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ । बसले ठक्कर दिँदा मोटरसाइकल चालकको निधन भएको बताइएको छ ।

मृत्यु हुनेमा धादिङको थाक्रे गाउँपालिका १० घर भई हाल कलंकी बस्ने प्रदिप बास्कोटा हुन् । उनी चढेको बा.७८ प २६८७ नम्बरको मोटरसाइकललाई बालाजुबाट सितापाइलातर्फ जाँदै गरेको बा. ५ ख ६९५ नम्बरको महासागर यातायातले ठक्कर दिएको हो ।

ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बास्कोटालाई उपचारार्थ नजिकैको मनमोहन अस्पताल पुर्याइएको बताइन्छ । तर चिकित्सकले उनलाई मृत घोषित गरेको अस्पतालले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको र दुवै सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू