देउवाको राष्ट्रपति पनि खाने दाउ
संविधान संशोधनलाई मूल विषय बनाएर सत्तामा उक्लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ को भाखा राखेजस्तै सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशन दुई वर्ष पछाडि सार्ने रणनीतिमा देखिएका छन् । १४ औँ महाधिवेशनमा आफूलाई सघाएका नेताहरूलाई गत शुक्रबार बूढानीलकण्ठ बोलाएर तीन घण्टा गुप्त छलफल गरेका देउवाले कुराकानीका क्रममा त्यस्तो मनसुवा व्यक्त गरेको बताइएको छ ।
शेखर कोइराला खेमाले भारदारी सभाको संज्ञा दिएको बूढानीलकण्ठ बैठकमा देउवाका दाहिन…