गृहमा के–के मात्रै देख्न पाइने हो !
अहिले कांग्रेस–एमालेको महागठबन्धन छ । यस्तो गठबन्धन राजनीतिमा मात्र होइन, प्रशासन संयन्त्रमा समेत मौलाउँदै छ । पछिल्लो समय जातीय, भेगीय र पारिवारिक गठबन्धनसमेत बन्ने गरेको छ ।
दुई वर्षअगाडि नेपालको सूचना प्रविधि संयन्त्र एकै भेगका पौडेल बन्धुहरूको कब्जामा थियो । अख्तियार लागेर तीमध्येका दुई भाइ अहिले डिल्लीबजार सदरखोरमा छन्, एक भाइ गुमनाम । दुई वर्षपछि ठीक उसैगरी गृह प्रशासनको तालाचाबी पर्वतेहरूको पोल्टामा पुगेको छ । त्यहाँ कञ्चनपुरबाट निर्वाचित रमेश लेखक मन्त्रीको …