एमालेका निम्ति टाउको दुखाइ बनेका यी ढकाल
कुनै बेला अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्रमध्येका विनोद ढकाल अहिले नेकपा (एमाले) का लागि टाउको दुखाइको पात्रमा परिणत भएका छन् ।
०८० असोज १२–१६ मा सम्पन्न कोशी प्रदेश अधिवेशनमा ओलीको पूरापूर साथ पाएका घनश्याम खतिवडासँग ८२ मतले पराजित ढकाललाई छेक्न मोरङ जिल्ला कमिटीको अधिवेशन रोकिएको छ ।
अध्यक्ष ओलीको निर्देशन नमानेर प्रदेश अध्यक्षमा भिडेका ढकाल त्यसबेला सबैतिरबाट एक्लै पार्दा पनि ४३० मत ल्याउन सफल भएका थिए । उनलाई हराएका खतिवडाले ५१२ मत पाए …