करणीका कैदी कहाँ कति ?
कैदीबन्दीको संख्याले नै देशभर आपराधिक गतिविधि बढेको देखाउँछ । कैदीबन्दीको अवस्था ‘बट्टामा खाँदिएको गुन्द्रुक’ जस्तै छ । केन्द्रीय कारागार जगन्नाथदेवलमा मात्रै झण्डै साढे तीन हजार कैदीबन्दी छन् । त्यहाँ १ हजार ८ सय ५४ कैदीबन्दी रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । त्यसैगरी, छेवैको भद्र बन्दीगृहमा एक हजार १ सय ७३ र महिलातर्फ ४ सय ३६ कैदीबन्दी छन् । ६ जना नाबालक पनि सँगै छन् ।
केन्द्रतर्फ ९ सय ६५ कैदी र ८ सय ८९ बन्दी छन् । कारागारमा सबैभन्दा धेरै जबरजस्ती करण…