अरू को–को तत्काल विद्यातिर ओइरिए ?
एमाले राजनीतिमा विद्याको पुनरागमनसँगै पार्टी सचिवालयका नेताहरू बाहिर प्रकट नभए पनि भित्रभित्र कित्ताकाट गर्दै छन् । बताइएअनुसार सचिवालयका बहुमत सदस्य विद्याको पक्षमा खुलेका छन् । १९ सदस्यीय सचिवालयका टोपबहादुर रायमाझी निलम्बनमा परेसँगै अहिले १८ जना छन् । जसमध्ये ८ जना विद्याको पक्षमा खुल्दा अध्यक्ष ओलीलाई ७ जनाको साथ देखिन्छ । केही नेता भने तटस्थ छन्।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रष्टैसँग विद्यातिर खुलेका छन् । सार्वजनिक मञ्चबाटै विद्यालाई अध्यक्षमा अघि सार्ने संकेत गरेका उनी …