खानै नपाएपछि बुट बजारेर के काम ?
कमाण्डर भएर बुट बजार्न त मज्जा आउला, तर खानै नपाएपछि बुट बजारेरमात्रै के हुन्छ र ? सशस्त्रका कमाण्डरहरू अहिले यही हालतमा पुगेका छन्।
डोटीका एसपी नीलकमल आचार्यले हाजिर भएको दुई महिनामै एउटा डाक्टरी कागज बनाए र हेडक्वार्टरसँग सरुवा मागे । खासमा उनलाई कुनै स्वास्थ्यसम्बन्धी समस्या थिएन । सरुवा माग्नुको कारण हो, निर्धारित दरको राशनले त्यहाँ तैनाथ सबै फौजलाई खुवाउन नपुग्नु । कम्तिमा पनि ४० जना कर्मचारीलाई बिदा नछोड्दा ब्यारेक चलाउनै नपुग्ने । तर, विभागबाट १५ प्रतिशतभन्दा बढीला…