‘बोक्सी’ का नाममा शहरभित्रैको बर्बरता
०७८ साल पुस २४ गते नागार्जुन नगरपालिका–१ रानीवनस्थित पानीट्यांकीमा झारफुकका लागि राखिएकी सिन्धुपाल्चोक चौतारा घर भई मध्यपुर थिमि मगरगाउँ बस्ने १४ वर्षीया रोशनी श्रेष्ठको मृत्यु भयो । श्रेष्ठको ४८ वर्षीया माता उमा शाही ठकुरीको यातनाका कारण मृत्यु भएको थियो । हत्या अभियोगमा मुद्दा चलेपछि जिल्ला अदालत काठमाडौंले माता भनिने ठकुरीलाई ०७८ माघ २० गते कर्तव्य ज्यानसम्बन्धी कसुरमा पुर्पक्ष थुनामा पठाएको छ ।
पेट दुखेर अस्वस्थ भएपछि ललितपुरमहालक्ष्मी–६, लुभुकी सुष्मा श्रे…