विप्लवलाई थर फेर्न भयंकर बाधा

विप्लवलाई थर फेर्न भयंकर बाधा

कम्युनिष्टलाई ‘क.’, अर्थात् कमरेड भनेर चिनिने पुरानै प्रचलन भयो । तर, नेपालमा विप्लवका कार्यकर्ताहरुले आफूलाई ‘सी’ लेखेर चिनाउन खोज्दा झण्झट आइलागेको छ ।

कामीले विश्वकर्मा, दमैले नेपाली लेख्न पाउँदा लोकतन्त्रमा आफ्नो रोजाईको नाम, थर राख्न किन नपाउने ? कानुन संशोधन गरिदिनु पर्‍यो भन्ने उक्त समूहको पटकपटकको माग कम्युनिष्ट नेताहरु प्रचण्ड र केपी ओलीबाट सुनुवाई नभएको विप्लव नेकपाको गुनासो छ । 

जातिवादको विकास सामन्तवादी युगको उदयसँगै आएको र त्यसले मानिस–मानिसका बीचमा व्यापक विभेद ल्याएको भन्दै नेकपाले आफ्ना सम्पूर्ण नेता, कार्यकर्तालाई समान थरका रुपमा ‘सि’ लेख्न निर्देशन दिएको थियो । यो कुरालाई कानुनमै लिपिबद्ध गरेर आफूहरुलाई ‘सि’ बन्ने सुविधा दिइयोस् भन्ने माग उक्त पार्टीले सरकारसामु राखेको छ ।

तर, पार्टीमा आवद्ध कतिपय वकिल, पत्रकार, शिक्षक, नर्ससहित कानुनी क्षेत्रका व्यक्तिहरुले भने नयाँ थरले कानुनी वैधानिकता नपाउने हुँदा पुरानै थर चलाइरहेका छन् । धर्म, कर्मको विरोध गरेरमात्रै हुँदैन । नयाँ ढंगले जानुपर्छ र त्यसका लागि कम्युनिष्टहरुको आफ्नै संस्कार, संस्कृति र रहनसहन चाहिन्छ भनेर १ वर्षअघिको महाधिवेशनबाट थरमा एकरुपता ल्याएको उक्त पार्टीका नेताहरु बताउँछन् ।  

नेपालको संघीयता भारत र अमेरिकासहितका देशमा भएजस्तै नश्लीय भएको र त्यसले जाति, धर्म र संस्कृतिबीच समान व्यवहार नगर्ने कारण विप्लवहरु यस्तो निर्णयमा पुगेको दाबी गर्दछन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू