प्रधानमन्त्रीलाई बालेन के भनेर सुर्याउँछन् ?
आफैँले कानुनी सल्लाहकार बनाएका गृहमन्त्रीसँग सम्बन्ध बिगार्न थालेका बालेन अरु मन्त्रीलाई भेट्न पनि अनिच्छुक देखिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसँग असाध्यै राम्रो सम्बन्ध बनाएका उनले अरुलाई बाल मतलब नगर्ने नीति बनाएका छन् । ‘बालेनले हामीमध्ये अरू कसैलाई पनि भेट्दैन,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यूसँग चाहिँ बालेनको निकटतम सम्बन्ध पहिलेदेखि नै रहेछ ।’
लागेका कुरा बोलिहाल्ने कार्कीको स्वभावलाई कतिपयले इमान्दार भनेर टिप्पणी गरिरहेका छन् । बा…