बालुवाटारमा सल्लाहकारहरुको जम्बो टोली
प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगी तथा सचिवालय टिममा अर्का एकजना सल्लाहकार थपिएका छन् । झापाका अग्निप्रसाद खरेल प्रधानमन्त्रीको संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार पदमा नियुक्त भएका हुन् ।
यसअघि डा. युवराज खतिवडालाई मन्त्रीसरहको सुविधा दिएर आर्थिक सल्लाहकार बनाएकै शैलीमा अस्ति राति बसेको क्याबिनेट बैठकले खरेललाई उक्त पदमा लैजाने निर्णय गरेको हो ।
संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार बनेका खरेल एमाले नेता हुन् । प्रधानमन्त्रीको गृह जिल्लाका उनी गत आम निर्वाचनमा …