पूर्व राजालाई प्रधानमन्त्रीको प्रश्न- केमा साथ माग्नुभएको हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई फेरि पछाडि फर्काउने प्रयास भैरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै उहाँले पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति आपत्ति जनाउनुभएको हो । प्रजातन्त्र दिवसको अवसरमा गत फागुन ६ गते पूर्व राजा शाहले गरेको सम्बोधन सुनेर आफू छक्क परेको प्रधानमन्त्रीले बताउनुभयो ।
'फागुन ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो । संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ त । कानुनको पनि कुरा …