यता ओहोदाको प्रमाणपत्र, उता आवासीय जिम्मेवारी
आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन काठमाडौं आएका नेपालका लागि केही गैरआवासीय राजदूतहरु नयाँ दिल्ली फर्केका छन् । भारतका लागि आवासीय ती राजदूतहरुले हिजो शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाण पत्र बुझाएका हुन् ।
तीमध्ये इटालीका गैरआवासीय राजदूत एन्टोनियो एन्रिको बार्टोली र गणतन्त्र गिनीका अलासान कोन्टे नेपाल वायुसेवाको उडान नम्बर आर ए २१७ मा दिउँसो साढे २ बजे नयाँ दिल्ली गएको बताइन्छ । एअर इण्डियाको उडानमा अपरान्ह ४ बजे ग्रीसका गैर आवासाीय राजदूत अलिकी कौत्सोमितोपौलो, युगाण्डाका जोइस काकुरामात्सी किकाफुण्डा र बोस्निया हर्जगोभिनाका ह्यारिस हर्ले काठमाडौंबाट फर्केका हुन् ।
एअर इण्डियाको अर्को उडानमा साँझ साढे ५ बजे नेपालका लागि ग्वाटेमालाका गैरआवासीय राजदूत ओमार लिसान्द्रो कास्टानेदा सोलारेसको टोली पनि नयाँ दिल्ली फकेको बताइएको छ । ती सबै भारतका लागि सम्बन्धित मुलुकका आवासीय राजदूत हुन् ।
टिप्पणीहरू