पूर्व राजाको स्वागतमा च्यासलबाट डेढ दर्जन

पूर्व राजाको स्वागतमा च्यासलबाट डेढ दर्जन
सुन्नुहोस्

पोखराबाट काठमाडौँ फर्किन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि नेवा एकता तथा नागरिक समाजका कार्यकर्ता पनि एयरपोर्ट जान लागेका छन् ।  

राप्रपा, राप्रपा नेपालसहित बिभिन्न समूहमा छरिएर रहेका राजावादीहरुले जुलुससहित त्रिभुवन विमानस्थल पुगेर पूर्व राजाको स्वागत गर्ने कार्यक्रमअन्तर्गत नेवा एकता पनि त्यसमा मिसिएको हो । त्यसनिम्ति ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय अगाडिबाट डेढ दर्जन मानिस केही बेरअघि एयरपोर्टका लागि निस्किएका छन् । 

नेवा एकता तथा नागरिक समाजका अध्यक्ष राजु ब्यन्जनकारको नेतृत्वमा रहेको १५ जनाको टोली च्यासलबाट नारा लगाउँदै मुख्य र्यालीतर्फ लम्किएको बताइएको छ ।

टिप्पणीहरू