नेपाली धमाधम अमेरिकाबाट फर्काइने,मन्त्रीहरु खुरुखुरु अमेरिका जाने

नेपाली धमाधम अमेरिकाबाट फर्काइने,मन्त्रीहरु खुरुखुरु अमेरिका जाने
सुन्नुहोस्

दुई जना मन्त्रीसहित ११ जनाको सरकारी टोली हिजो अमेरिका गएको छ । दुबई हुँदै साँझ सात जना र दोहा हुँदै सोही समय चार जना अमेरिका गएको बुझिएको छ ।

महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी सात जनाको टोलीसहित संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कतर्फ गएको बताइन्छ । उक्त टोली महिलाको पछिल्लो अवस्थाबारे हुन लागेको भेलामा सहभागी हुन लागेको हो । 

टोलीमा मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत,सहसचिवद्वय आभा श्रेष्ठ कर्ण,चक्रबहादुर बुढा,उपसचिवहरु रजेश शशी,जीवनप्रकाश मल्होत्रा र ममता विष्ट रहेको बुझिएको छ । 

हिजै साँझ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको टोली पनि अमेरिका उडेको छ । कतार एअरवेजको उडानमा मन्त्रीसँगै प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार शाह,राष्ट्रियसभा सदस्य कृष्णकुमार पौडेल र मन्त्रालयका सचिव केशवकुमार शर्मा पनि दोहा हुँदै वासिङ्ग्टन गएका छन् । टोली विश्व बैंकको कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

टिप्पणीहरू