पूर्व राजाको स्वागतमा राजावादीहरुले तय गरे रुट
पोखराबाट भोलि दिउँसो काठमाडौं फर्कन लाग्नुभएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरुले विभिन्न रुट र समय तालिका सार्वजनिक गरेका छन् ।
उनीहरुले त्रिभुवन विमानस्थल जानका लागि काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर र काठमाडौँ महानगरपालिकाका कागेश्वरी, मनोहरा, पेप्सीकोला, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली, नागार्जुनबाट जानेलाई कोटेश्वरको तिनकुनेमा भेला हुन भनिएको छ ।
टोखा,गोकर्णेश्वर, बूढानीलकण्ठ, तारकेश्वर, नुवाकोट र धादिङबाट आएकालाई गौशालामा जम्मा हुन भनिएको छ । उनीहरुलाई आफूसँग भएका सवारी साधन प्रयोग गरेर तोकिएको ठाउँमा भेला हुन राजावादीहरुले बताएका छन् ।
भोलिको कार्यक्रमलाई सफल पार्न आज मध्यान्ह ललितपुरको च्यासलस्थित नेवा एकता तथा नागरिक समाजको केन्द्रीय कार्यालयमा राजावादीहरुको बैठक बसेको थियो । नेवाः एकता तथा नागरिक समाजसँगै विभिन्न राजावादी समूहको छलफलमा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही, नेवाः एकता तथा नागरिक समाजका अध्यक्ष राजु व्यञ्जनकार, सचिव रन्जिता श्रेष्ठ, सदस्य विजय खड्गी, राप्रपा ललितपुर जिल्ला सदस्य सन्तोष महतलगायतको उपस्थिति रहेको बताइन्छ ।
टिप्पणीहरू