पोखराबाट पूर्वराजा, महेन्द्रनगरबाट प्रधानमन्त्री एकै चोटि फर्कने

पोखराबाट पूर्वराजा, महेन्द्रनगरबाट प्रधानमन्त्री एकै चोटि फर्कने

प्रधानमन्त्री केपी शर्मा ओली अहिले कञ्चनपुर जाँदै हुनुहुन्छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा बिहान साढे ९ बजे गएर दिउँसो ३ बजे फर्कने कार्यक्रम रहेको बुझिएको छ । 

उहाँ सेनाको एनए ०६७ अगुस्टा हेलिकोप्टरमा बालुवाटारबाट सुर्खेत जाने र त्यहाँ इन्धन हाली महेन्द्रनगर पुग्नुहुने छ । फर्कंदा धनगढी विमानस्थलमा पुनः इन्धन भरेपछि दिउँसो ३ बजे सोझै बालुवाटारमा अवतरण गर्ने कार्यक्रम छ ।

सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओली विश्वविद्यालयको विशेष सभा तथा पाँचौँ दीक्षान्त समारोहको सभाध्यक्षता गर्न जान लाग्नुभएको हो । उक्त समारोहमा भारतको उत्तराखण्ड राज्यस्थित सोबन सिंह जीना विश्वविद्यालयका कुलपति प्रा. डा. सतपालसिंह विष्ट प्रमुख अतिथि रहने बताइएको छ ।

पूर्व राजा शाह भने दिउँसो ३ बजे समिट एअरको उडानमा पोखराबाट काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

टिप्पणीहरू