प्रचण्डसहितको टोली साँझ सर्लाही प्रवेश

प्रचण्डसहितको टोली साँझ सर्लाही प्रवेश
सुन्नुहोस्

जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड नेतृत्वको केन्द्रीय टोली सर्लाही प्रवेश गरेको छ ।

 

आज दिनभर महोत्तरीमा खबरदारी सभा, स्थानीय भेटघाटलगायत आधा दर्जन कार्यक्रम सम्पन्न गरी अभियान टोली साँझ सर्लाही पुगेको हो । टोलीमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, उपमहासचिव जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, मातृका यादवलगायतका नेता सहभागी छन् ।

अहिले पर्सा गाउँपालिका संग्रामपुर पुगेको अभियान टोलीलाई माओवादी कार्यकर्ता र स्थानीयले भव्य स्वागत गरेका छन् । भोलि बिहान अध्यक्ष प्रचण्डले मलङ्गवा नगरपालिकास्थित कवडहलमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।

त्यसपछि कौडेना गाउँपालिका, गोडैता नगरपालिका, विष्णु गाउँपालिका, बलरा नगरपालिका, रामनगर हुँदै बागमती नदी पुल पार गरी टोली रौतहट प्रवेश गर्ने कार्यक्रम छ ।

पार्टीलाई जनतासँग जोड्दै संगठन विस्तार गर्ने, जनताबाट सुझाव संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध बिस्तार गर्नेजस्ता उद्देश्य लिएर माओवादीले हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान थालेको हो । नेपालकै होचो भूभाग झापाको केचनकबलमा प्रचण्डले फाुगन १२ गते उद्घाटन गरेको अभियान कञ्चनपुर पुगेर समापन हुनेछ ।

टिप्पणीहरू