बालुवाटारमा सल्लाहकारहरुको जम्बो टोली

बालुवाटारमा सल्लाहकारहरुको जम्बो टोली
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगी तथा सचिवालय टिममा अर्का एकजना सल्लाहकार थपिएका छन् । झापाका अग्निप्रसाद खरेल प्रधानमन्त्रीको संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार पदमा नियुक्त भएका हुन् । 

यसअघि डा. युवराज खतिवडालाई मन्त्रीसरहको सुविधा दिएर आर्थिक सल्लाहकार बनाएकै शैलीमा अस्ति राति बसेको क्याबिनेट बैठकले खरेललाई उक्त पदमा लैजाने निर्णय गरेको हो । 

संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार बनेका खरेल एमाले नेता हुन् । प्रधानमन्त्रीको गृह जिल्लाका उनी गत आम निर्वाचनमा झापा–१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग पराजित भएका थिए । उनी ओलीको अघिल्लो प्रधानमन्त्रीकालमा महान्याधिवक्ता थिए । 

राज्यकोषबाट तलब भत्ता बुझ्नेगरी प्रधानमन्त्रीको सचिवालयमा अहिले एमाले उपमहासचिव विष्णु रिमाल प्रमुख राजनीतिक सल्लाहकार छन् । प्रधानमन्त्रीको शपथ लिएको तीन दिनपछि रिमालसँगै खतिवडालाई पनि ओलीले सल्लाहकार बनाउने निर्णय गर्नुभएको थियो । यी दुईले ओलीको अघिल्लो कार्यकालमा पनि अहिलेकै पद पाएका थिए ।  

प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा युवासंघका पूर्व अध्यक्ष किरण पौडेल र सूचना तथा प्रविधि विज्ञमा असगर अली छन् । अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा त्यही जिम्मेवारी पाएका अलीले सरकारी सूचना ‘लिक’ गराएको आरोप खेप्दै आएका छन् ।

टिप्पणीहरू