गुरागाईँलाई हाजिर गर्न नदिने बालेनको अडान

गुरागाईँलाई हाजिर गर्न नदिने बालेनको अडान
सुन्नुहोस्

काठमाडौँ महानगरपालिकाले बिदामा बसेको भनिएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निरन्तरता दिन अस्वीकार गरेको छ । 

महानगरले संघीय मामिला तथा प्रशासन मन्त्रालयललाई पत्र पठाउँदै निमित्त प्रमुखलाई अधिकार दिन माग गरेको हो । मन्त्रालयले हिजो महानगरलाई पत्र लेखेर गुरागाईंको लागि कार्यालयमा काम गर्ने वातावरण बनाउन भनेको थियो । 

महानगरले आज जवाफी पत्र पठाउँदै गुरागाईँलाई कार्यालयमा हाजिर गराउँदा नकारात्मक प्रभाव पर्ने र कानुनी झन्झट हुने जिकिर लिएको छ । 

‘...विचाराधीन रहेको विषयमा त्रूटिपूर्ण कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा सो परियोजना लगायत अन्य कार्यहरू समेतमा नकारात्मक प्रभावका साथै कानुनी झन्झट पर्ने हुन्छ’, पत्रमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्न वा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सुसञ्चालनमा सहयोगका लागि प्रमुख स्तरीय निर्णय भएकाले सो अनुसार हुन अनुरोध गरिन्छ ।’

महानगरका मेयर बालेन साहले पटक पटक नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गरे पनि मन्त्रालयले भने ‘कर्मचारी नै महानगरमा जान नमानेको’ बताउँदै आएको छ । महानगर प्रमुख प्रशासकीय अधिकृतविहिन बनेपछि दुई महिनादेखि कर्मचारी र शिक्षकहरुको तलब रोकिएको अवस्था छ । 

पछिल्लो समय यो विवाद राजनीतिक दाउपेच बन्दै गएको देखिन्छ ।

टिप्पणीहरू