देश बन्न काँग्रेस बलियो हुनुपर्ने देउवाको दलिल

देश बन्न काँग्रेस बलियो हुनुपर्ने देउवाको दलिल
सुन्नुहोस्

सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस बलियो भएमात्र मुलुक संमृद्ध हुने दाबी गर्नुभएको छ । 

नेपाल भुतपूर्व सैनिक संघको कार्यक्रमलाई आज सानेपामा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । देउवाले भन्नुभयो, 'सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली काँग्रेस पार्टी बलियो हुन्छ । नेपाली काँग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।’

पार्टीभित्रको आन्तरिक किचलोतर्फ इंकित गर्दै उहाँले सैनिक संघको समस्या बुझेर आफूले समाधानका लागि पहल गरिरहेको कार्यकर्तालाई अवगत गराउनुभयो । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको जानकारी दिँदै देउवाले समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाउने बचनवद्धता जनाउनुभयो । 

प्रजातन्त्र स्थापना र मुलुकको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरुले महत्वपूर्ण योगदान पुर्याएको देउवाको भनाई छ ।

टिप्पणीहरू