विद्या र ओलीबीच बालुवाटारमा डेढ घण्टा वार्तालाप, असन्तुष्टिका कुरा उप्काएको दाबी
नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो साँझ उहाँहरुले डेढ घण्टा लामो भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री ओलीलाई भेट्न साँझ पौने ७ बजे बालुवाटार पुग्नुभएकी पूर्व राष्ट्रपति भण्डारी साढे ८ बजे बाहिरिनुभएको थियो ।
भेटमा एमालेको आन्तरिक राजनीतिका साथै समसामयिक घटनाक्रमबारे कुराकानी भएको बताइएको छ । त्यस्तै, अनेरास्ववियुको उद्घाटन समारोहमा प्रम ओलीले दि…