‘साइ’ वार ६ दिनमै शीताङ्ग

‘साइ’ वार ६ दिनमै शीताङ्ग

लाखौं जनताले देशका कुनाकाप्चामा मार्चपास गरेर बदलेको व्यवस्था हटाउन प्रयोग भएको राजावादीको माइण्ड गेम ‘साइकोलोजिकल वारफेयर’ नमज्जाले फेल खान पुगेको छ । जसको परिणाम गणतन्त्र ढाल्ने र देशमा राजतन्त्र स्थापित गर्ने जनआन्दोलनले नउठ्दै धक्का खान पुगेको छ । 

‘टालाटुली बटुली’ भनेजस्तो दुर्गा प्रसाईंंजस्ता बैंक ठग, नवराज सुवेदीजस्ता डिलमा पुगेका वयोवृद्ध नेता, कमल थापाजस्ता बदलाभावका चतुर नेता र गणतन्त्रमै भविष्य देखेका राजेन्द्र लिङदेनजस्ता नेताको साथले व्यवस्था परिवर्तनको हठ देखाइयो । तर यसले अलिकति पनि धक्का दिन नसकेको निश्कर्ष निकालिएको छ । जेठ १५ गते राजा ल्याइहाल्छौँ भनेर नागरिकमा, सामाजिक सञ्जालदेखि मिडियासम्म कुर्लिने काम नभएको होइन । तर घोषणाको ६ दिनमै एजेण्डाले आकर्षित गर्न सकेन । राजेन्द्र लिङदेनले नै झापा पुगेर शनिबार प्रष्टै भन्दिए ‘हाम्रो आन्दोलनका एजेण्डामा राजतन्त्र र हिन्दू राष्ट्रको कुरा मात्रै छैन, सुशासन र विकासको एजेण्डा पनि छ । ’

यता आन्दोलन थालेर पूर्व राजा ज्ञानेन्द्र झापा गई बसेकै बेला लिङदेनले त्यहीँ पुगेर वर्षामा ठूलो आन्दोलन नहुने प्रष्ट्याए । ‘राजावादी एजेण्डाले आकर्षित गरेन । हिजो दुर्गा प्रसाईंंको ऋण लिएर नतिरे पनि हुने भयो भन्ने तप्का जोडिएको थियो । मान्छे नबुझेर पनि जोडिन्छन् । साँच्चै हो जस्तो पारिएपछि केही मान्छे जोडिए पनि । केही समयपछि बुझ्दै जाँदा सहभागिता कम हुन्छ । राजावादी आन्दोलनमा भएको यही हो,’ आन्दोलनलाई नजिकबाट नियालिरहेका सेनाका एक उच्च अधिकारीको विश्लेषण छ, ‘उनीहरूले बढी जनसहभागिताभन्दा पनि मनोवैज्ञानिक रूपमा राजा आउँछन् भनेर प्रभाव पार्न खोजेका हुन् । हाम्रो मिलिटरी भाषामा यसलाई साइकोलोजिकल वारफेयर भनिन्छ तर ६ दिनमा उनीहरूले सोचेजस्तो गर्न सकेनन् ।’ 

सामाजिक सञ्जालमार्फत बढाइचढाइ गरेर प्रोपोगण्डाको रूपमा भ्रम छर्न खोजिएको थियो । यो नगरिकन कुनै पनि कुरा सफल नहुने र आन्दोलन नउठ्ने बुझाइमा उनीहरू थिए । तर न दुर्गा प्रसाईंंको कार्डले काम ग¥यो न सुवेदीलाई नै कसैले पत्याए । १५ जेठमा १० देखि १५ हजारको उपस्थितिमा शुरु भएको आन्दोलन ५÷६ दिनमै १५ मै हाराहारीमा झ¥यो । 

पहिलो चरणको आन्दोलन सफल नभएपछि केही दिनअघि अर्को चरण तय गर्न लागेको कार्यक्रममा झण्डै हात हालाहालको स्थिति आयो । लिङदेन त्यहाँ गएनन् । नवराज सुवेदी र कमल थापाले राजावादी भीडलाई नियन्त्रण गर्न सकेनन् । होहल्ला र ठेलमठेलको स्थिति आएपछि हतारमा बीचमै टुंग्याएर जसोतसो निस्किए । अब स्वरुप फेरेर स्थानीय तहबाट गर्ने तयारी अहिलेलाई टार्ने हिसाबले आएको स्रोत बताउँछ– ‘तलबाट गर्ने भन्ने सुनेका छौँ तर कतै पनि सक्रियता देखिएन ।’ तर लिङदेन भने ८४ को चुनावभन्दा अगाडि दायाँ–बायाँ नगर्ने पक्षमा देखिएको स्रोत बताउँछ । 

राजावादीहरू उत्साही हुँदै राजा ल्याउनमा भारतीय सहयोग पनि छ भनिरहेका छन् । तर भारतीयको चाहनाभन्दा राजावादीकै आकांक्षामात्रै बढी देखिन्छ । राजावादीबीच एक अर्कालाई मान्दै नमान्ने सोचले चरम बेमेलको स्थिति छ । 
ज्ञानेन्द्र पहिला कांग्रेस, कम्युनिष्टका बिग्रेका, भत्केका र थान्को लागेकालाई साथ लिँदा असफल भए । अहिले पनि त्यही बुद्धिबाट उठ्न सकेका छैनन् ।’ राजावादी नेताका निम्ति एक दुईवटा लञ्च मिटिङ राखे । आन्दोलनका लागि भनेर सुको खर्च पनि दिएनन् । 

‘कमल थापाले चुनावमा २ करोड हात पारेँ भनेर हल्ला त गरे तर ज्ञानेन्द्र आन्दोलनको नाममा खर्च गर्न तयार छैनन् । न छोरोलाई अगाडि बढाउन सक्ने, न नाति अगाडि आउने, न बुहारीले गरेर केही हुने, न आफैं अगाडि बढेर केही पार लाग्ने । उमेर, स्वास्थ्यले पनि साथ नदिने स्थितिमा छन् ।’ ओली, देउवा र प्रचण्डको पार्टीमा न त्यो ताल छ । राजावादी र राप्रपामा झन् के कुरा ? 

टिप्पणीहरू