चिनियाँ उपराष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका उपराष्ट्रपति हान चङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँले बेइजिङस्थित तिआओयुथाई स्टेट गेस्ट हाउसमा उपराष्ट्रपतिसँग भेट गर्नुभएको हो ।
भेटमा दुई मुलुकबीच कायम रहेको आपसी सम्बन्धका साथै सहयोगबारे विचार विमर्श भएको जनाइएको छ ।
तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।