बिरलै जुर्ने साइत, नयाँ ध्रुवीकरणको ठूलो संकेत
चीनको थिएन्चिन शहरमा जारी सांघाई सहयोग संगठन (एससिओ) को २५औं शिखर सम्मेलन विश्व राजनीतिका लागि सामान्य कूटनीतिक जमघट मात्र नभएर विश्व शक्ति समीकरण पुनः रेखाङ्कन गर्ने संकेतपूर्ण क्षण बन्दै गएको छ । २० भन्दा बढी मुलुकका कार्यकारी प्रमुखहरू सहभागी सम्मेलनमा चिनियाँ राष्ट्रपति सि चिनफिङ,रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म,नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीदेखि इरान, कजाखस्तान,उज्बेकिस्तान, बेलारुसलगायतका नेतासम्मको उपस्थितिले गहिरो सन्देश दिएको …