हिरो-हिरोइनको नाममा पैसा मागिएपछि बोर्डले गरायो सचेत

हिरो-हिरोइनको नाममा पैसा मागिएपछि बोर्डले गरायो सचेत

कलाकारको नाममा अनलाइन ठगी बढेको भन्दै चलचित्र विकास बोर्डले सबैलाई सचेत गराएको छ । आज सूचना जारी गर्दै बोर्डले कलाकारको नाममा पैसा मागिए पुष्टि नगरी नपठाउन भनेको हो । 

पछिल्लो समय फेसबुक, म्यासेन्जर, इन्टाग्राम, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा कलाकारको नाम र तस्बिर दुरुपयोग गरी नक्कली आईडी बनाउने तथा वास्तविक आईडी ह्याक गेर साथीभाइ एवं शुभचिन्तकसँग पैसा माग्नेजस्ता घटना बढिरहेका छन् । 

बोर्डले चलचित्रकर्मीहरुलाई सामाजिक सञ्जालमा बलियो पासवर्ड राख्न सुझाएको छ । ‘चलचित्रकर्मीहरूले आफ्ना सबै सामाजिक सञ्जाल खातामा बलियो पासवर्ड र टु फ्याक्टर अथेन्टिकेसन अनिवार्य रुपमा प्रयोग गर्न अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ । 

कलाकारको नाम र फोटो दुरुपयोग गर्दै अनलाइन ठगी बढिरहेको छ । आफ्ना नाममा पैसा माग्दै ठगी हुन थालेपछि कतिपय कलाकारले सामाजिक सञ्जालमार्फत गुनासो पोख्दै सचेत गराएको देखिन्छ ।

टिप्पणीहरू