प्रिक्साद्धारा ‘दैलो कृषि’ अधिग्रहण
मुलुकमा सञ्चालित प्रविधि र आविष्कार केन्द्रमध्ये एक प्रिक्साले ‘दैलो कृषि’ प्लेटफर्म अधिग्रहण गरेको छ । कृषि क्षेत्रमा खाद्य सुरक्षा, पहिचान र उवभोक्ताको आत्मविश्वास बढाउने लक्ष्यका साथ प्रिक्सा र दैलो कृषिबीच समझदारी भएको छ ।
कृषि सहकारीहरुसँगको सहकार्यमा कृषि उपजलाई सिधै फार्मबाट उपभोक्ताको घरसम्म पुर्याउँदै आएको दैलो कृषिमा अब प्रिक्साको प्रविधि, लगानी र इकोसिस्टमको प्रयोग हुने भएको हो ।
यसले मार्केटिङ टुल्सका रुपमा मात्र नभई मुलुकको कृषि क्षेत्रमा दीर्घकालीन खाद्य सुरक्षा र पारदर्शीताका लागि प्रणालीगत समाधान गर्ने प्रिक्साको भनाइ छ । अहिले मुलुकको खाद्य इकोसिस्टममा उपभोक्ताको विश्राम जित्ने बलियो पूर्वाधारको अभाव छ ।
प्रिक्साको यो समझदारीले खाद्यान्न उत्पादनमा ग्रामीण समुदायलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ । प्रिक्साका सीइओ मनीष शर्माले ‘दैलो कृषि’ बजार मात्र नभई ‘एक्सपेरिमेन्ट ल्याब’ को रुपमा रहेको बताए ।
‘धेरै पहिले नै बनिसक्नुपर्ने प्रणालीहरु हामी अहिले निर्माण गर्दैछौं,’ उनले भने, ‘दैलो कृषि नेपालका ती थोरै टोलीहरुमध्ये एक हो, जसले खाद्य सुरक्षा र विश्रामको समस्यालाई जरैदेखि समाधान गर्नेछ ।’
अधिग्रहणपछि अब दैलो कृषिमा प्रिक्साको प्रविधि, लगानी र इकोसिस्टम प्रयोग हुनेछ । तर, तुरुन्तै ब्राण्ड परिवर्तन वा तीव्र गतिमा विस्तार गर्नेभन्दा कृषि क्षेत्रमा विश्वासिलो र दिगो पूर्वाधार विकासका लागि आवश्यक स्रोत जुटाउने योजना रहेको प्रिक्साको भनाइ छ ।
‘हामी जे खान्छौं, त्यसमा विश्वास हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । त्यही ट्रस्ट इन्जिनियरिङको काम गर्न यो अधिग्रहण गरिएको हो,’ प्रिक्साका सिइओ शर्माले भने ।
टिप्पणीहरू