भारतीय राजदूत पनि फिर्ता

भारतीय राजदूत पनि फिर्ता

विभिन्न कारणबश अमेरिका र चीनका राजदूत घर फर्कने क्रम शुरु भएकै बेला नेपालका लागि अर्को छिमेकी मुलुक भारतका राजदूत नविन श्रीवास्तव पनि भर्खरै नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । कार्यकाल सकिनै लाग्दा उनले एअर इण्डियाको एआई उडान नम्बर २१८ बाट एकै छिनअगाडि नेपाल छाडेका हुन् ।

उनीसँगै श्रीमती पूर्णसाहिला,छोरीहरु भाव्या र सुरम्या पनि गएको बुझिएको छ । गत मंसिर २७ गते काठमाडौंको दक्षिणकाली नगरपालिका–९ स्थित भस्मेसुर डाँडाको जंगलमा हाइकिङ जाँदा अचानक लडेर बेहोस भएका  साठी बर्ष उमेरका उनको सेना,प्रहरीले हेलिकप्टरबाट उध्दार गरी टोखा नगरपालिका–८ स्थित ग्राण्डी हस्पिटलमा मुटुको अपरेशन सकाइएको थियो । 

पुस ४ गते अस्पतालबाट डिस्चार्ज भएर लैनचौरस्थित दूतावासमा आराम गर्दै थिए । उनले साढे तीन बर्षअगाडि मन्जिवसिंह पुरीलाई बदली गरेका हुन् ।
 

टिप्पणीहरू