आफ्ना माग सुनाउन शिक्षकहरू माओवादी अफिसमा
प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै आएका शिक्षक नेताहरूले आज माओवादी मुख्यालयमा धर्ना दिएका छन् ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा रहेको टोलीले आज कोटेश्वर, पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिएका हुन् । केहीबेरमा ध्यानाकर्षण पत्र बुझाउने तयारी छ ।
महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन दबाब दिने उद्देश्यले महासंघले दबाबमुलुक कार्यक्रम गर्दै आएको छ । जसअन्तर्गत हिजो च्य…