दशैंअघि रसुवागढी नाका सुचारुमा जोड

दशैंअघि रसुवागढी नाका सुचारुमा जोड

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनसम्बन्धी उपमन्त्री वाङ लिङचुनबीच रसुवागढी नाका सुचारुबारे छलफल भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटवार्ता नेपाल र चीनबीचका विभिन्न भन्सार नाकाको व्यवस्थापन, गत असारमा बाढीले क्षति पुर्याएको रसुवानाकाको पुल र सडक पुनर्निर्माणमा केन्द्रित रहेको बताइन्छ । 
 
यसैगरी विगतमा भएका दुई मुलुकबीचका सहमतिबमोजिमका सडक पूर्वाधार स्तरोन्नति, दुई देशबीचको व्यापारबारे विचार विमर्श गरिएको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू