रात परेपछि मिले उपेन्द्र र महन्थ

रात परेपछि मिले उपेन्द्र र महन्थ

धेरै पहिले फुटेका मधेस केन्द्रित जनता समाजवादी पार्टी,नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल (लोसपा) बीच पार्टी एकीकरणको सहमति भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा पार्टी एकीकरण गरिएको ब्यहोरा उल्लेख छ । 

उनीहरुले संघीयता,पहिचान, समानुपातिक समावेशिता,सामाजिक न्यायलगायत अग्रगामी परिवर्तनका मुद्दालाई मजबुत बनाउन एकीकरण गरिएको जनाएका छन् ।

दुवै पार्टीका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरेर उक्त निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू