क्याबिनेट बैठकपछि संसद्मा प्रधानमन्त्रीको सम्बोधन
फाइल फाेटाे
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ । बिहान १० बजे डाकिएको बैठकमा मन्त्रीहरु पुग्ने क्रम जारी छ । प्रधानमन्त्री भोलि चीन भ्रमणमा जान लाग्नुभएकाले आज क्याबिनेट बैठक राखिएको हो ।
प्रधानमन्त्रीले आजै प्रतिनिधिसभा बैठकलाई दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउन लाग्नुभएको हो ।
प्रधानमन्त्री ओली भोलि चीन गएर बुधबार फर्कने कार्यक्रम छ । आइतबार र सोमबार सांघाई सहयोग संगठनको २५ औं शिखर सम्मेलनमा र बुधबार राजधानी बेइजिङमा आयोजना हुन लागेको सैन्य परेडमा सहभागी हुनुहुने छ ।
टिप्पणीहरू