सम्धिनी बितेपछि सभापतिको सबै कार्यक्रम स्थगित

सम्धिनी बितेपछि सभापतिको सबै कार्यक्रम स्थगित

नेपाली कांग्रेसकी सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति ईश्वरीदेवी न्यौपाने अपर्झट दाङ जान पर्नेभएको छ । 

सम्धिनीको निधन भएकाले उनी अचानक आज त्यता जान लागेकी हुन् । कैलालीको भजनी नगरपालिका-८ स्थायी घर भए पनि न्यौपानेको दाङसँग पुरानो सम्बन्ध छ । ०१६ मंसिर १५ गते उनी दाङमै जन्मिएकी हुन् । 

त्यतै बस्ने उनकी सम्धिनीको मृत्यु भएपछि सनास्द न्यौपाने त्यता लागेको बुझिएको छ । उनले भोलि र पर्सिका लागि निर्धारित भेटघाट र कार्यक्रम स्थगित गरेकी छिन् ।

टिप्पणीहरू