सेनाका जहाज चारथरि पाहुना बोकेर चारतिर
एकाबिहानै सेनाको एउटा हेलिकोप्टर सीतापाइलाबाट मुक्तिनाथतर्फ उडेको छ । अरु दुई वटा जहाज माउण्टेन फ्लाइट गर्दै पोखरा जाने तरखरमा छन् एउटा चाहिँ नवलपरासी उड्न स्ट्याण्डबाइ छ ।
नेपाली सेना दिवस तथा महाशिवरात्रि पर्वको अवसरमा आयोजित प्रधान सेनापतिहरुको कन्क्लेभमा भाग लिन काठमाडौं आएका भारतीय स्थल सेनाध्यक्षहरु बिहान साढे ६ बजे सीतापाइलास्थित ब्यारेकबाट एनए ०३८ एमआई हेलिकोप्टरमा मुक्तिनाथ गएका छन् । भारतीय पूर्व सेनाध्यक्षहरु मनोज मुकुन्द नरवाने र मनोज पाण्डे सहित छ जना …